Logo

असंवैधानिक विज्ञापन खारेजीको माग सहित चितवनका दलितहरू सडकमा



Spread the love

 

 


३ असार, चितवन ।
गत, जेठ १५ गते स्थानीय तहका लागि निकालिएको असंवैधानिक विज्ञापन खारेजीको माग सहित चितवनका दलितहरू सडकमा उत्रिएका छन् ।

“सम्पूर्ण दलित, उत्पीडित, मधेशी, महिला, मुस्लिम, अल्पसंख्यक समुदाय जाति एक हौ” भन्ने मूल नारा सहित आज चितवनका दलितहरू सडकमा उत्रिएर शान्तिपूर्ण विरोध र्याली गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा सभामा परिणत भएको थियो ।

विरोध र्याली हाकिमचोक हुँदै जिल्ला प्रशासन कार्यालय चितवनमा आएर समापन भएको थियो ।

विरोध र्यालीमा लोकसेवा आयोगद्वारा जारी गरिएको विज्ञापन खारेज गर, समतामूलक सहभागीता आजको आवश्यकता, जातिय विभेद अन्त्य होस् लगायत नारा सहितको प्ले कार्ड समेत प्रस्तुत गरिएको थियो ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवन, नेपाल दलित मुक्ति मोर्चा चितवन, विश्वकर्मा सेवा समाज चितवन, परियार सेवा समाज चितवन, नेपाल मिजार गुठी समाज चितवन, दलित समाज सेवा क्लब चितवन, संयुक्त दलित युवा समाज चितवको संयुक्त आयोजनामा वृहद विरोध र्याली भएको थियो ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेत मार्फत सम्माननीय प्रधानमन्त्री के।पी शर्मा ओलीलाई ४ बुँदे ज्ञापनपत्र पेश गरिएको थियो ।

सो ज्ञापनपत्र नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य चक्र रुचाल र नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय नेता खेम दर्जीले संयुक्त रूपमा प्रजिअ बस्नेत लाई ज्ञापन पत्र हस्तान्तरण गरेको थियो ।

सो,ज्ञापनपत्र बुझ्दै प्रजिअ बस्नेतले यथाशिघ्र दलित समुदायहरूको माग सम्बोधनका लागि यो ज्ञापन पत्र आज नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौंमा पठाउने समेत जानकारी दिए । ( रासस )

प्रतिक्रिया दिनुहोस्