३ असार, नुवाकोट ।
२०७२ सालमा गएको विनासकारी भूकम्पले क्षति पुर्याएको नुवाकोटको सात तले दरबारको पुनर्निर्माण सुरु भएको छ ।
भूकम्पले क्षति पुर्याएको दरबारलाई फलामे पोलको टेको लगाएर अड्याइएको थियो । भने दरबारलाई पहिलाकै स्वरुपमा ल्याउने गरी चीन सरकारले दरबारको पुनःनिर्माण सुरु गरेको हो ।
ऐतिहासिक दरबार ४ बर्षपछि भूकम्पकै कारण बन्द भएकाले दरबारमा आउने पर्यटकहरुले टेकोले अड्याइएको बाहिरी आवरण मात्र अबलोकन गरेर फर्कने गरेका छन् । तर चीन सरकारले अब चार वर्षभित्र सम्पूर्ण पुनःनिर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको र आसपासमा रहेका सबै सम्पदाको पुनर्निर्माण चिनियाँ टोलीले सुरु गरेको स्मारक हेरचाह तथा दरबार संरक्षण कार्यालय नुवाकोटका प्रमुख अर्जुनप्रसाद फुयालले बताए ।
प्रतिक्रिया दिनुहोस्