३ असार, काठमाडौँ । काठमाडौँको बौद्धस्थित समता अस्पतालमा एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
मृत्यु हुनेमा रामेछापको दोरम्बा घर भएकी २७ वर्षीया विमला तामाङ रहेकी छिन् । बिमला क्लिनरको रुपमा सोहि अस्पतालमा कार्यरत थिइन् । भने आज बिहान ९ बजेतिर झुण्डिएको अवस्थामा मृत फेला परेकाे बौद्ध प्रहरीले जनाएकाे छ ।
मृतकका आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै अस्पताल परिसरमा तोडफोड गरेका छन् । भीडलाई नियन्त्रणमा लिनको लागि प्रहरी परिचालन गरिएको छ ।
उक्त घटनास्थलमा अनुसन्धान भईरहेको बौद्ध प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्