३ असार, डोटी । दिपायल सिलगढी नगरपालिका–३ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
मृत्यु हुनेमा ४० वर्षीया श्रीमती मिना नेपाली रहेकी छिन् । घरायसी विवादका कारणले ४५ वर्षीय कृष्णले लुगा काट्ने कैंची प्रहरी गरी मिना नेपालीको हत्या गरेका हुन् ।
मदिरा सेवन गरेका कृष्णले श्रीमती मिनालाई मासु पकाउन भनेका थिए तर मिनाले नमानेपछि त्यसै क्रममा विवाद बढेको थियो र कृष्णले मिनाको कम्मर र ढाडमा कैँची प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कमलापती पन्तले जानकारी दिईएको छ ।
कृष्णलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्