Logo

आउट नै नभई फर्किए विराट पेभेलियन



Spread the love
२ असार, काठमाडौं । जबदेखि क्रिकेटमा डिएसआर लागु हुन थाल्यो नि तब कयौं पटक खेलाडी आउट भएपनि उनीहरूले अम्पायरको निर्णयलाई चुनौती दिने गरेका छन्। त्यस्तै आउट नभएपनि खेलाडीले आफूलाई आउट मान्दै पेभेलियन फर्किने पनि गरेका छन्।
आइतवार इंग्ल्याण्डमा जारी १२ औं संस्करणको विश्वकपमा भारत-पाकिस्तानबीचको खेलमा भारतीय कप्तान विराट कोहली अम्पायरले आउटको संकेत नगर्दै मैदानबाट बाहिरिए । उनी बिना आउट पेभेलियन फर्केपछि कमेन्टेटरहरूले केहीबेर उनकै चर्चा गरे ।
भारतीय टीमले ३१४ रन बनाउँदै गर्दा तीव्र गतिका बायाँ हाते बलर मोहम्मद आमिरको बल कोहलीको ब्याट सामुन्नेबाट गएको थियो ।पाकिस्तानी खेलाडीहरूले क्याच आउटको अपील गरेपनि अम्पायरले कुनै रुचि देखाएनन् । अम्पायरले आउटको अपिललाई स्वीकार गरेको देखेपछि कोहली पेभेलियन फर्किए।

उनी पेभेलियन फर्किए पनि रिप्लेले उनी आउट नभएको स्पष्ट देखायो। उनले पेभेलियन पुगेर आफू आउट नभएको थाहा पाएपछि उनको अनुहारमा चिन्ताको भाव देखिएको थियो ।
तर जे भएपनि हिजोको खेलमा विराट आउट नभइ नै पेभेलियन फर्किए ।

प्रतिक्रिया दिनुहोस्