२ असार, सिमरा ।सिमरास्थित इलाका प्रहरी कार्यालयको नयाँ भवन बन्ने भएको छ ।
चार दशकदेखि जीर्ण भवनबाट सुरक्षा प्रदान गर्दै आएको र आधुनिक भवन निर्माणपछि सेवा प्रदान गर्न सजिलो हुने भन्दै बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले सोमबार बिहान एक कार्यक्रमकाबीच नयाँ भवनको शिलान्यास गरेका हुन् ।
डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलेपमेन्ट (डिएफआईडी) युकेको आर्थिक सहयोग र युनाइटेड नेशन्स अफिस प्रोपोज सर्भिसको परामर्शमा भवन करिब ६ करोड १८ लाखको लागतमा बन्न लागेको हो ।
उक्त भवन निर्माणको जिम्मा काठमाडौंको लामा कन्ट्रक्सनले पाएको छ भने भवनको निर्माण कार्य एक वर्षमा सम्पन्न हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्