Logo

इमरानको सुझावलाई सरफराजले व्यवहारमा नउतार्दा व्यहोर्नु पर्यो हार



Spread the love
२ असार, काठमाडौं । विश्वकपको रेकर्ड अनुसार दुवै टीम विश्वकप खेलका लागि ६ पटक आमनेसामने भएका छन् तर पाकिस्तानले एक पटक पनि जितेको छैन ।यही परिप्रेक्षमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एकपछि अर्को ट्वीट गर्दै पाकिस्तानी टीमको हौसला बढाएका छन् ।
इमरानले भारतविरुद्धको खेलमा पाकिस्तानी क्रिकेट टिमका क्याप्टेन सरफराज अहमदलाई दुईवटा महत्त्वपूर्ण सुझाव पठाएका थिए। तर, इमरानको सुझावलाई सरफराजले व्यवहारमा उतारेनन्।
इमरानले सरफराजलाई सुझाएका थिए; टस जित्यौ भने ब्याटिङ रोज्नू। पाकिस्तानले टस त जित्यो, तर सरफराजले फिल्डिङ रोजे। इमरानको दोस्रो सुझावमा भनिएको थियो, राम्रा खेलाडीहरुलाई सुरुमा उतार्नू। यसमा पनि सरफराजले आफ्नै सुरले निर्णय लिए। अथवा उनले जे जे नगर्नू भनिएको थियो, त्यही त्यही गरे। पाकिस्तान भारतसँग ८९ रनले हार्‍यो।
यसको अर्थ यो होइन की सरफराजले प्रधानमन्त्रीको सुझाव मानेको भए पाकिस्तानले खेल जित्ने ग्यारेन्टी थियो।

प्रतिक्रिया दिनुहोस्