२ असार, काठमाडौँ ।
आइतबार राति टोखा नगरपालिका–४ सामाखुशीमा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ ।
टोखा नगरपालिका–४ सामाखुशीचोकमा सञ्चालन भएको कपडा पसलमा विद्युत् चुहावट भई आगलागी हुँदा कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेर नष्ट भएको हो ।
९ बजेदेखि शुरु भएको आगलागी १०.१५ बजे नेपाल प्रहरी, सशस्त्र प्रहरी, तीन दमकल र दुई पानी ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिईएको छ ।
उक्त आगलागीबाट रु १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्