२ असार, चितवन । चितवनमा बसको ढोकाबाट हामफाल्दा एक जना युवतीको ज्यान गएको छ ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्य रहेकी छिन् । नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नंको बसमा सवार आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् ।
गम्भीर घाइते उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो भने शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
यस घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्