Logo

प्रदेशसभाको बैठकमा राजश्व, व्यय र आर्थिक विधेयक प्रस्तुत



Spread the love

२ असार, हेटाैँडा – प्रदेश नं ३ प्रदेशसभाको आज साँझ बसेको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारका तर्फबाट आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि बजेट प्रस्तुत गर्नुभएलगत्तै राजश्व र व्ययको अनुमान र आर्थिक विधेयक, २०७६ को दफावार छलफलका लागि प्रस्ताव राखेका छन् ।

सरकारको बजेट विनियोजित शीर्षक र राजश्वको व्ययको अनुमान छलफलका लागि यही असार ५ गते दिनको १ बजे बैठक बस्ने भएको सत्तारूढ नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए । सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक असार ५ गते दिनको १ बजे बस्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्