१ असार. भक्तपुर ।
भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा क्षमता भन्दा बढी बालबालिका राख्दा समस्या परेको छ ।
एक सय १० जना क्षमता रहेको उक्त गृहमा हाल २० बालिका र १७० बालकसहित कूल १९० जना बालबालिका राखिएको बाल सुधार गृहका बाल अधिकार संयोजक सञ्जय राजन श्रेष्ठले जानकारी दिए ।
विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा कानून बमोजिम सजायको भागिदार भएका बालबालिकाका लागि सञ्चालित बालसुधार गृहमा ठाउँ अभावका कारण बस्ने व्यवस्थामा समस्या परेको श्रेष्ठको भनाइ छ । बालबालिकाको खानपान, परामर्श र अध्ययन भने नियमित सञ्चालनमा रहेको उनले बताए । ( रासस )
प्रतिक्रिया दिनुहोस्