३२ जेठ काठमाडौं । यसपालिको गर्मी सिजनमा भारतको बिहारमा लिची खादा ४७ जना बालबालिकाले ज्यान गुमाएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको छ।
प्राय मानिसहरुले यो खबरलाई पत्याएका छैनन्, डरले कतिले त लिचीनै खान हुन्न रै’छ भनिरहेका छन्। लिची खाएर मर्नेमा मुख्यत: गरिब परिवारका बालबच्चा छन्।
भारतका धेरै राज्यमा अंग्रेजी महिनाको मे र जुनमा प्रचण्ड गर्मी हुने गर्छ। लिची फल्ने याम पनि यही हो। यही गर्मी याममा भारतको मुजफ्फरपूरदेखि भेलोरसम्मका सहरमा लिची खाएर बालबालिकाको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस्