Logo

रसुवा एकीकृत भन्सारको शिलान्यास



Spread the love

३२ जेठ, काठमाडाैँ – उत्तरी नाकामा निर्माण हुने एकीकृत भन्सार कार्यालयको अर्थमन्त्री डा युवराज खतिवडाले शुक्रबार एक कार्यक्रमबीच रसुवागढीमा शिलान्यास गरेका छन् । भवन शिलान्यासपश्चात् उनले नाकाको व्यवस्थापन र भन्सारको सुढृढीकरण अभियान कार्यमा सहयोग गर्न सम्वद्ध सबै पक्षसँग आग्रह गरे ।

नेपाल–चीनबीच व्यापार व्यवसाय अभिवृद्वि गर्न रसुवागढी क्षेत्र व्यवस्थित र मर्यादित बनाउन वर्तमान सरकारले संरचना निर्माणको कामलाई तिव्रता दिएको डा खतिवडाले बताए । उनले नाकाको व्यवस्थापन गर्न बजेटको अभाव नहुने बताए । रसुवागढी नाका दिर्घकालीन रूपले व्यवस्थापन गर्न सडक, रेलको साथसाथै टनेलसमेतको अवधारणा ल्याइएको र वेत्रावती स्याफ्रुबँेसी खण्डको सडक सुधार एवं कालोपत्रे छिटो सम्पन्न हुने तथा स्याफ्रुबेँसी–मैलुङ खण्डको भू–भागमा टनेल निर्माणको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको मन्त्री खतिवडाले बताए ।

रु ५४ करोड ६० लाखको लागतमा निर्माण हुन लागेको उक्त एकीकृत भवनमा भन्सार, क्वारेन्टाइन, अध्यागमन, बैंक र सुरक्षा निकायसमेत रहने गरी पाँच तले भवन निर्माण गरिने प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए । मन्त्री खतिवडाले निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरी कार्य प्रगतिबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्