Logo

जबरर्जस्ती करणी गर्नेलाई सात वर्ष कैद



Spread the love

३२ जेठ, मकवानपूर – जिल्ला अदालत मकवानपुरले १६ वर्षीय बालकलाई सात वर्ष कैदको फैसला सुनाएको छ । बालिकालाई जबरर्जस्ती करणी गरेको ठहर गर्दै अदालतले उक्त फैसला सुनाएको हो ।

पीडित बालिकालाई पीडकबाट रु एक लाख क्षतिपूर्ति उपलब्ध गराउन अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीकोे एकल इजलासले मकवानपुरको बकैया गाउँपालिका–१० का १६ वर्षीय बालकलाई १४ वर्षीया बालिकालाई जबरर्जस्ती करणी गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

श्रेस्तेदार केशवराज कौशिकले उमेर १८ वर्ष पार नगरेकाले दोषीलाई सात वर्ष मात्र कैद सजाय गरिएको जानकारी दिए । ती बालकलाई अहिले बालसुधार गृह हेटौँडामा राखिएको छ । उनको उमेर १८ वर्ष पूरा भएपछि बाँकी कैद भुक्तानीका लागि कारागार पठाइने कौशिकले बताए । बालकले गत वैशाखमा सात बालिकालाई जबरर्जस्ती करणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्