३१ जेठ, रामेछाप । रामेछापको दोरम्बा–६, भष्मेडाँडामा गएराति भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
दुर्घटनामा परि दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतमको मृत्यु भएको छ । स्वास्थ्य शिविर सञ्चालनका लागि चिकित्सकको टोलीलगाएत यात्रु चढेको कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस रामेछापको दोरम्बा–६, भष्मेडाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी धुलिखेल अस्पतालमा उपचारका क्रममा उनीहरुको ज्यान गएको हो । भने घाइते सबैको सोहि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्