३० जेठ, पोखरा l प्रहरीले अवैध रूपमा जडीबुटी सतुवा सङ्कलन तथा ओसारपोसार गर्ने ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुवी गाउँपालिका निवासी सुनिल तामाङ, सोही स्थानका हेम घले र लप्सन तामाङ रहेका छन् l
उनीहरूलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको हो l कास्की जिल्लाको अन्नपूर्ण संरक्षण क्षेत्र माछापुच्र्छे गाउँपालिका १ करुवा जङ्गलमा अवैध रूपमा सतुवा सङ्कलन गरेर ल्याउँदै गर्ने क्रममा पक्राउ गरेको संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकृत ऋषि बरालले जनाएका छन् l पक्राउ पर्नेका साथैबाट तीन बोरा, दुई झोला सतुवा बरामद भएको छ।
प्रतिक्रिया दिनुहोस्