३० जेठ, नुवाकोट । नुवाकोटको पश्चिमी भेगमा रहेको साल्मेमा चट्याङ लगेर एक वृद्धको ज्यान गएको छ ।
मृत्यु हुनेमा किस्पाङ गाउँपालिका ४ साल्मेका ७४ वर्षीय फइलामा तामाङ रहेको छ ।
तामाङको वस्तु चराएर घर फर्कदै गर्दा चट्याङ लगेर गम्भीर घाइते भएका थिए भने उनको उपचारको लागि नुवाकोट जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णाबहादुर माल्ली मगरले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्