३० जेठ, काठमाडौँ । चावहिलस्थित ओम अस्पतालमा चिकित्सकको लापरबाहीका कारणले गर्दा १ बिरामीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रवातीकी ५० वर्षीय रामप्यारी थापा रहेकी छिन् । पित्तथैलीमा समस्या देखिएपछि ओम अस्पताल भर्ना भएकी रामप्यारीको गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । तर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर उनको आज मृत्यु भएको उनका आफन्तहरुले बताएका छन् ।
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएपछि चावहिलको ओम अस्पतालमा तनाव उत्पन्न भएको छ । भने मृतकको परिवार तथा आफन्तहरुले अस्पताल परिसरमा आन्दोलन समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्