Logo

पाँचतारे होटल हायातका कर्मचारी आन्दोलनमा



Spread the love

३० जेठ, काठमाडौँ । आज पाँचतारे होटल हायातका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

आज बिहान ९ बजेदेखि ५ बजेसम्म सम्पूर्ण काम बन्द गरेर कर्मचारीहरु श्रम ऐन अनुसार बिदा तथा अन्य विभिन्न सेवासुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय महासचिव तथा आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले नेपालमा नेपाली श्रमिकहरुलाई नै कामको अभाव भइरहेको अवस्थामा विदेशी कामदारलाई ल्याएर नेपाली कामदार हेपिने लगायत समस्या होटल हायातमा रहेको बताए ।

आन्दोलित कर्मचारीहरुले होटलले माग सुनुवाइ नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्