३० जेठ, बझाङ । बझाङमा मोटरसाइकल दुर्घटनामा परि एक वडासदस्यको ज्यान गएको छ ।
मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका-७ का वडासदस्य नरेश महर रहेको छ । महरको से १ ब ११७७ नम्बरको मोटरसाइकल सिक्ने क्रममा मोटरसाइकल सवार वडा नम्बर ७ का अध्यक्ष हरिचन्द्र जोशीसहित गम्भीर घाइते भएका थिए ।
घाइते दुबैको उपचारको लागि जिल्ला अस्पतालमा लागिएको थियो भने मृतक महरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्