Logo

सर्लाहीमा मोटरसाइकल दुर्घटना : २ जना चालकको मृत्यु



Spread the love

३० जेठ, सर्लाही ।  सर्लाहीको हरिपुर–७ मा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा इश्वरपुर नगरपालिका–१५ का अनिल चौधरी र सोहि नगरपालिका–१४ का अशोक चौधरी रहेको छ । हरिपुरबाट इश्वरपुरको बयलवास जाँदै गरेको ना २५ प ६९२२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ५ प ७८८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा २ ओटै मोटरसाइकलका चालकको ज्यान हो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा २ जना चालकको ज्यान गएको हो भने बाकी ४ जनाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय प्रहरीले सर्लाहीले जनाएको छ ।

२ ओटै मोटरसाइकलमा तीन–तीनजना चढेका र तीव्र गति रहेकाले दुर्घटना भएको हुन् सक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्