२९ जेठ, नवलपरासी । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा प्रतापपुर गाउँपालिका–५ बेताहानीका ६५ वर्षीय झिन्कु लोनिया हुन् । आज दिउँसो बाटोमा हिँडिरहेको अवस्थामा अचानक चट्याङ लागेर लोनिया गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते लोनियालाई उपचारका लागि सामुदायिक अस्पताल चौपत्ता लागिएको थियो । तर उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिईएको छ ।
प्रतिक्रिया दिनुहोस्