Logo

स्रोत नखुलेको शंकास्पद रुपैयाँ सहित एक भारतीय नागरिक पक्राउ



Spread the love

 


२९ जेठ, बारा ।  प्रहरीले बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ स्थित दशजगा क्षेत्रबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिहार मोतीहारी जिल्ला बस्ने वृजकिशोर कुमार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फुलवरिया बाराबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार कुमारलाई स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४९० रुपैयाँ सहित पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी बरामद गरिएका नगद रूपैया सहित आवश्यक छानबिन एवं कारवाहीको लागी सम्पती शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले जानकारी दिइएका छन् ।

प्रतिक्रिया दिनुहोस्