२९ जेठ,बारा । बारामा ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका सात जनामध्ये एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका-१४, की ४० वर्षीया ज्ञानीमाया मोक्तान रहेको छ । उनको काठमाण्डौको कीर्तिपुरमा बर्न सेन्टरमा उपचारको क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले जानकारी दिए ।
गत जेठ २४ गते शुक्रबार चिया पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा सातजना घाइते भएका थिए । भने अन्य ६ जनाको काठमाण्डौको कीर्तिपुरमा रहेकाे बर्न सेन्टर उपचार भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्