Logo

बनेपामा करेन्ट लागेर एकको मृत्यु



Spread the love
सांकेतिक तस्बिर

२८ जेठ, बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–८ स्थित गैरापाटीमा करेन्ट लागेर १ व्यक्तिको ज्यान गएको छ ।

मृत्यु हुनेमा ६० वर्षीय रामशरण अधिकारी रहेको छ । उनको हिजो बेलुका फ्युज गएर मिलाउन भन्दै बिजुलीको ट्रान्सफर्मरमा चढेको र करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायले जानकारी दिइएको छ ।

मृतक अधिकारीको शव परीक्षणका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्