२७ जेठ, काँकडभिट्टा ।
नेपालको पूर्वी सिमाना काँकडभिट्टाको प्रवेशद्वारमा गौतम बुद्धको मूर्ति निर्माण गरिने भएको छ ।
मेचीनगर नगरपालिका र प्रदेश नं– १ को सरकारको संयुक्त लगानीमा पूर्वी प्रवेशद्वारमा मितेरी पुल निर्माण छेउमा झर्नासहित नमस्ते मुद्रामा गौतमबुद्धको मूर्ति निर्माण गरिने भएको हो ।
पूर्वी नाकाबाट नेपालमा दैनिक सयौं पर्यटक भित्रिने हुँदा भगवान् बुद्वको मूर्ति स्थापना गर्न लागिएको नगर उपप्रमुख मीना उप्रेतीले बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्