२७ जेठ, पर्सा । पर्साको ठोरी गाउँपालिकामा चटयाङ लागेर एक जना युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा दार्चुला जिल्ला घर भएका राजु बिष्ट रहेको छ । उनको भैँसी चराउन गएका बेला आइतबार साँझ आएको हावाहुरीसँगै परेको चटयाङले लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
बिष्ट कक्षा ११ को परिक्षा सकेर ठोरीस्थित मावली घरमा आएको थियो ।
प्रतिक्रिया दिनुहोस्