Logo

बूढीगण्डकी आयोजना स्वदेशी लगानीमै बनाउनुपर्छ: सभापति देउवा   



Spread the love

२६ जेठ, गोरखा। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली काङ्ग्रेस गोरखाको दोस्रो गोरखा नगरसभालाई सम्बोधन गर्नुहँुदै सभापति देउवाले राष्ट्रिय गौरवको आयोजनामा नेपाली जनताको लगानी भएमा त्यसको दीर्घकालीन फाइदासमेत नेपाली नै लिन पाउने भन्दै विदेशी कम्पनीलाई निर्माणको जिम्मा दिन नहुने बताउनुभयो ।

सभापति देउवाले भन्नुभयो, “नेपालीसँग पैसा छ, नेपाली जनतालाई नै लगानीको अवसर दिनुपर्छ ।” सभापति देउवाले चिनियाँ गोजुवा कम्पनी समयमा आयोजना निर्माण गर्ने खालको कम्पनी नभएको भन्दै गोजुवालाई आयोजना निर्माणको ठेक्का दिन नहुने तर्क गर्नुुभयो । उहाँले विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिनु शङ्कास्पद रहेको दाबीसमेत गर्नुभयो । “गोजुवाले तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने आयोजना जिम्मा लिएर १८ वर्ष लगाएको उदाहरण छ”, उहाँले भन्नुभयो ।
–––  रासस

प्रतिक्रिया दिनुहोस्