Logo

 ‘फलफूलको बिरुवा रोपण अभियान’   



Spread the love

२६ जेठ, काठमाडौं । सरकारले पर्यावरण संरक्षण र फलफूलमा मुलुकलाई आत्मनिर्भर बनाउन ‘एक नेपाली एक फलफूलको बिरुवा रोपण अभियान’अन्तर्गत वृक्षरोपणलाई तीव्रता दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष विश्व वातावरण दिवस (जुन ५) का अवसरमा सिंहदरबार परिसरमा फलफूलका बिरुवा रोपण गरी सो अभियान आरम्भ गर्नुभएको थियो । यस अभियानले पर्यावरण संरक्षणका साथै फलफूलमा मुलुक आत्मनिर्भरसमेत हुने उद्देश्य राखेको छ ।

सरकारले अभियानअन्तर्गत गत वर्ष मुलुकभर कागती, अलैँची, सुन्तला, आँप, लिची, केरा, स्याउ, अम्बा, अनार, जुनार, ओखर, लप्सी, किबी, अङ्गुर, अमला, मेवा, मौसम, नासपाती, एभोकाडो, हलुवावेदलगायत फलफूलका २३ लाख १६ हजार ७३९ बिरुवा रोपण गरेको छ । यसबाहेक अन्य प्रजातिका पाँच लाख ७४ हजार १८० गरी जम्मा २८ लाख ९० हजार ९१९ बिरुवा रोपण गरिएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यस वर्ष पनि विश्व वातावरण दिवसका दिन प्रधानमन्त्री ओलीले सिंहदरबार परिसरमा एभोकाडोको बिरुवा रोपी अभियानलाई निरन्तरता दिनुभएको छ । वृक्षरोपणलाई थप तीव्रता दिन सरकारले आगामी आर्थिक वर्षलाई वृक्षरोपण वर्षका रुपमा मनाउन नीति तथा कार्यक्रम र बजेटमार्फत घोषणा गरिसकेको मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।
–––  रासस

प्रतिक्रिया दिनुहोस्