२६ जेठ, काठमाडौँ ।
प्रहरीले ठगी गरेको आरोपमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरलाई नियन्त्रणमा लिईएको छ ।
भारतीय गायिका नेहा कक्कर उपस्थित हुने विशेष कार्यक्रमका लागि टिकट बेचेर ठगी गरेको आरोपमा घिमिरे पक्राउ परेका हुन् ।
ठमेलस्थित लर्ड अफ डिस्को नामक नाइट क्लबमा भारतीय गायिका नेहा कक्कर उपस्थित हुने विशेष कार्यक्रमका लागि टिकट बेचेर ठगी गरेको आरोपमा घिमिरे पक्राउ परेको महानगरीय प्रहरी परिषद प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
उनले १८ सय क्षमताको हलका लागि २२ सयलाई टिकट बेचेको गल्ती स्वीकार गर्दै इभेन्ट हेर्न नपाएका दर्शकको टिकट बापतको रकम फिर्ता गर्ने बताएका छन् ।
उक्त इभेन्ट हेर्न नपाएका दर्शकहरुको रकम फिर्ताको प्रक्रिया अगाडि बढेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्