Logo

कञ्चनपुरमा हावाहुरीका कारण विधुत् संरचनामा व्यापक क्षति



Spread the love

२६ जेठ, कञ्चनपुर ।
हावाहुरीका कारण कञ्चनपुरमा रहेका विधुत् संरचनामा व्यापक क्षति पुगेको छ ।

हावाहुरीका कारण विद्युत्का संरचनामा रु ७५ लाखभन्दा बढी क्षति भएको नेपाल विधुत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ ।

हावाहुरीले विधुत् प्रशारण लाइनका पोल ढालेको, टुटेको, तार चुडालेको र ट्रान्सफर्मर पोलसँगै खस्दा क्षति भएको केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले बताए । उनका अनुसार हावाहुरीका कारण सबैभन्दा बढी कृष्णपुर नगरपालिकाको रैकवार विचवामा मात्रै १७४ पोल ढलेका र टुटेका छन् ।

त्यस्तै, भीमदत्त नगरपालिकामा १००, बेलौरी वितरण केन्द्रअन्र्तगतका स्थानमा १५०, शुक्लाफाँटामा ३५ र बेदकोट नगरपालिकामा ३० पोल ढलेका छन् । जिल्लाका दुई स्थानमा पोलसँगै दुई वटा ट्रान्सफर्मरसमेत खसेर नोक्सानी भएको छ ।

कार्यालय प्रमुख गुप्ताका अनुसार एक पोलमा रु १५ हजार बराबरको क्षति भएको छ । “हावाहुरीसँगै ढलेका रुखहरु विधुत् तीय संरचनामा खस्दा र तार चुडाँलेर लैजादा प्राधिकरणले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ”, प्रमुख गुप्ताले भने , “अवरुद्ध विधुत् सेवा सञ्चालनका लागि पोल राख्ने, तार जोड्ने लगायतका कार्य दु्रत गतिमा अगाडि बढेका छन् ।”

मुख्य बजार क्षेत्रका अधिकांश स्थानको विधुत् सेवा सञ्चालन भएको छ । ग्रामीण क्षेत्रका अधिकांश स्थानको विधुत् सेवा सञ्चालन भइसकेको र हुन नसकेका स्थानमा प्राविधिक टोलीले कार्य गरिरहेको प्रमुख गुप्ताले जानकारी दिईएको छ ।
( रासस )

प्रतिक्रिया दिनुहोस्