२५ जेठ, पोखरा । पोखरामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा भद्रकालीका १८ वर्षीय प्रवीण नेपाली रहेका छन् ।
उक्त नेपालीको इन्द्रप्रसाद पाठकको निर्माणाधीन घरमा पानीको मोटर बिजुलीको तारलाई प्लगबाट छुटाउने क्रममा करेन्ट लागेको हो । करेन्ट लागी गम्भीर घाइते भएका नेपालीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्