२५ जेठ, काठमाडौँ ।
काठमाडौंमा नेपाल गुणस्तर तथा नापतौल कार्यालयले दुई हजार ४४९ व्यापारीलाई कारवाही गरेको छ ।
कार्यालयले तौलमा घटी बढी गरेर सामान बिक्री वितरण गर्ने तथा समयमा नाप्ने तौलने यन्त्र परीक्षण नगर्ने व्यापारीलाई कारवाही गरेको हो ।
चालू आर्थिक वर्षमा नापतौल कार्यालयको मापदण्ड विपरीत काम गर्ने व्यापारीलाई कारवाही गरेको कार्यालयका प्रमुख एवं उपसचिव राकेशकुमार झाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्