२५ जेठ, बर्दिवास l बर्दिवासमा एसिड प्रहारबाट १ किशोर गम्भीर घाइते भएको छ । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा–२ का निवासी १५ वर्षीय किशोर सुरज मुखिया रहेका छन् ।
गत रात चोकबाट घर फर्कने क्रममा उक्त घटना घटेको हो । इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक साहका अनुसार कामबाट घर फर्कने क्रममा कुनै अपरिचित व्यक्तिले सुरजको अनुहारमा एसिड छ्यापेको र निजको उपचार स्थानीय अस्पतालमा भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्