२५ जेठ, काठमाडाैँ – अष्ट्रेलियाका व्यवसायिक महिला फुटबल खेलाडीले पुरुष खेलाडी सरहको तलब भत्ता पाउने भएका छन् । महिला विश्वकप फुटबलअघि अष्ट्रेलियाका महिला खेलाडीहरुले यस अधिकार प्राप्त गरेका हुन् ।
अष्ट्रेलिया फुटबल फेडेरसनले समानताको सिद्दान्तलाई मध्यनजर गर्दै खेलाडीको तलब र सेवा सुविधा समान बनाएको जनाएको छ । योसंगै अष्ट्रेलिया महिला टिमले पुरुष टिमले जति नै तलब भत्ता पाउने छन् ।
महिला विश्वकप शुक्रबारबाट फ्रान्समा सुरु हुँदैछ । जसमा अष्ट्रेलियाले पनि सहभागिता जनाउदैछ ।
अष्ट्रेलियामा महिला लिग निकै छोटो भएपनि अबको सिजनबाट खेलाडीले पुरुष खेलाडीले सरह पैसा प्राप्त गर्ने छन् ।
अष्ट्रेलियाले यसअघि महिला क्रिकेटको तलब र सेवा सुविधा पुरुषको सरह बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्