२४ जेठ, झापा । प्रहरीले दमक नगरपालिका-१ मा सालकको खपेटा सहित १ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फागुनन्द गाउँपालिका-५ बस्ने सुरज चेम्जोङ रहेको छ । प्रहरी टोलीले दमकमा अवैध सरसामान ओसारपोसार भईरहेको भन्ने सूचनाको आधारमा चेक जाँच गर्ने क्रममा चेम्जोङलाई ३ सय ५० ग्राम तौल बराबरको सालकको खपेटा सहित पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिईएको छ ।
प्रतिक्रिया दिनुहोस्