२४ जेठ, बारा l बारामा सिलिन्डरबाट ग्यास लिक भई आगलागी हुँदा एकै परिवारका सात जना घाइते भएका छन् भने एकको अवस्था अवस्था गम्भीर रहेको छ ।
घाइते हुनेमा ६७ वर्षीय थिङसहित उनकी बुहारी ३२ वर्षीया ज्ञानीमाया थिङ, ३२ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीय अनिता थिङ, ४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साईमाया वाइबा, ३२ वर्षीया दिलमाया वाइबा रहेका छन् ।
जितपुरसिमरा उपमहानगरपालिका–१४ स्याउली बजारस्थित नरजमान थिङको घरमा ग्यास लिक भएका कारण आगलागी भएको हो ।
उक्त घाइतेहरू मध्ये दिलमाया वाइबाको अवस्था गम्भीर रहेको र सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको बाराका एसपी सानुराम भट्टराईले जानकारी दिइएको छ l
प्रतिक्रिया दिनुहोस्