२४ जेठ, डोटी । डोटीको पूर्बीचौकी गाउँपालिका ३ गैरागाउँमा चट्याङ लागेर ७ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा पुर्विचौकि गाउँपालिका ३ चैकोट वस्ने देवि बोहरा, पद्मा धानुक, भगु नेपाली , कल्पना नेपाली , दुर्गा नेपाली , जमनि नेपाली र मिठु नेपाली रहेका छन् । उनीहरु खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिईएको छ ।
घाइते सबैको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला अस्पताल डोटीमा कार्यरत डा.गिरीष अवस्थीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्