२४ जेठ, बैतडी । बैतडीमा चट्याङ लागेर २ जना घाइते भएका छन्।
घाइते हुनेमा दशरथचन्द नगरपालिका- ५ सिमायलका ३५ वर्षीया पुष्पा कोली र २० वर्षीया राधिका महर रहेका छन् । प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीका अनुसार बिहीबार राति वर्षा हावाहुरीसँगै आएको चट्याङले लागेर उनीहरु घाइते भएको हो ।
उनीहरुको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्