२४ जेठ, धनुषा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप गिरीले सरकारले प्रस्तुत गरेको बजेटले गाउँको अस्तित्वलाई गौण बनाएको आरोप लगाएका छन् ।
कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत धनुषा क्षेत्र नं ३ द्वारा हिजो जनकपुरधाममा आयोजित क्षेत्रीय भेलामा उनले सरकारले शहरलाई सभ्यता र संस्कृतिको सूचक मानेर गाउँको सभ्यता र संस्कृतिलाई उपेक्षा गरेको प्रसङ्ग उल्लेख गरे ।
नेता गिरीले काङ्गे्रसले जनतामाथि भरोसा नगरी विद्वानमाथि भरोसा गरेका कारण निर्वाचनमा जनताले पार्टीलाई दण्डित गरेकालाई पाठका रूपमा लिर्नुपर्ने खाँचौ अाैँल्याए । कांग्रेसका नेता र कार्यकर्ताले विगतको गल्तीलाई केलाउँदै आत्म जागरण गरेमा कांग्रेस ऊर्जावान हुन सक्ने बताए ।
अर्का केन्द्रीय सदस्य महेन्द्र यादवले संविधान संशोधनको पथबाट मधेशी र कम्युनिष्ट दल विचलित भएको आरोप लगाए । सांसद मीनाक्षी झाले बजेटमा योजनाभन्दा पनि शब्दजाल मात्र छ भने ।