२४ जेठ, नुवाकोट – दोस्रो संस्करणको नुवाकोट गोल्डकप फुटबल प्रतियोगितामा संकटाले चितवन ११ लाई पराजित गरेको छ । बिहिबार भएको खेलमा संकटाले चितवन ११ लाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
नुवाकोटको बट्टार बहुमुखी क्याम्पसको खेल मैदानमा ३४ औ मिनेटमा अफ्रिकन खेलाडी मेसाआइस पिरेलको गोलबाट संकटाले अग्रता लिएको थियो ।
६४ औ मिनेटमा कोनी बोन्सले संकटाको अग्रता दोब्बर पारे । ७० औ मिनेटमा चितवनका सुरज कुमालले चितवन ११ लागि एक गोल फर्काएका ।
संकटाले अब सेमिफाईनल प्रवेशका लागि विभागीय टिम आर्मीसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्