२३ जेठ, रसुवा । नेपाल र चीनबीच रसुवागढी नाकामा नयाँ मितेरी पुलमा आज देखि यातायात सञ्चालन भएको छ ।
पाँच–छ वर्ष अगाडि निर्मित पुल विसं २०७२ को भूकम्पले क्षति पुर्याए पछि नेपाल चीनको सिमाना रसुवागढीको ल्हेन्देखोलामा चीन सरकारले निर्माण गरेको मितेरी पुलमा यातायात सञ्चालन भएको हो ।
सामान आयातनिर्यातका लागि दैनिक सरदर १०० भन्दा बढी मालवाहक कन्टेनर डिब्बा ओहोदोहर भइरहने सीमा क्षेत्रमा चार महिनाकै अवधिमा पक्की पुल बनेको सशस्त्र प्रहरी बल भन्सार सुरक्षा तथा राजश्व गस्ती २१ नं गुल्म टिमुरेका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन केसीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्