२३ जेठ, सप्तरी ।
सप्तरीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका १ नेताले राजीनामा दिएको छ ।
सप्तरी जिल्ला ३ नं एरिया इञ्चार्ज छिन्नमस्ता गाउँपालिका–१ का ४० वर्षीय तेजनारायण यादव ‘रञ्जित’ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा दिएको हो ।
उनले पार्टीले लिएको ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि बाधक भएको कारण राजीनामा दिइएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्