२२ जेठ, काठमाडौँ l त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पेस्तोलसहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा २० वर्षीय संगम लिम्बु रहेका छन् l
विमानस्थलबाट नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौँ आएका लिम्बु गत साँझ पक्राउ परेका हुन l लिम्बुको साथबाट उक्त वस्तु फेला पारे पश्चात् विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्