२२ जेठ, तनहुँ l नेपाल प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका-२ आम वोटेका निवासी २३ वर्षीय रमेश खत्री रहेका छन् l
प्रहरीले खोजतलास गर्ने क्रममा निजको साथबाट लागूऔषध बरामद गरेको हो l पक्राउ परेका रमेशको साथबाट ३२ नुफिन, २७ थान डाईजेपाम र ३२ फेनरागन गई ९१ थान लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्