Logo

जान्नुहोस् सम्बन्ध टुट्नका कारण



Spread the love

सबै जसो दम्पतीहरू चाहन्छन् कि उनीहरूको सम्बन्ध अरूको भन्दा कसिलो वा भरोशादाय हुन् भन्ने तर जब दम्पतीको जीवनमा कलह वा आशङ्काले प्रवेश गर्दछ तब उनीहरूको सम्बन्ध पनि कम्जोर हुँदै जाने गर्छ l जसबाट सकारात्मक ऊर्जाको विलासी हुँदै नकारात्मक ऊर्जाको उत्पन्न हुने गर्दछ l

जानी राख्नुहोस् सम्बन्ध टुट्नुका यी सङ्केत :

एकअर्कामा अपरिचित
जब तपाईँलाई आफ्नो श्रीमान् वा श्रीमती अपरिचित भएको महसुस हुन्छ तब बुझ्नुहोस् यो लक्षण तपाईँको बिछोड हुने सङ्केत हो l

आनन्द अनुभव नहुनु
यदि तपाईँ आफ्नै पति वा पत्नी सँगै हुनु हुन्छ र तपाईँलाई कत्ति पनि आनन्द अनुभूत नभई उनीहरूको उपस्थितिमा झर्को लाग्ने गर्दछ भने यस्तो सम्बन्ध पनि टिकाउ रहदैन् l

अर्कै व्यक्तिको कल्पनामा हराउनु
तपाईँ आफ्नै पार्टनरसँग हुनु हुन्छ l त्यही पनि कुनै अर्कै व्यक्तिको यादमा हराउनु हुन्छ भने सम्झनुहोस् l तपाइको दम्पती जीवन खतरामा छ l

भरोसा नरहनु
यदि तपाईँहरूको सम्बन्धमा कुनै प्रकारको भरोसा छैन भने यस्तो सम्बन्ध लामो समय टिक्दैन । जति समय रहन्छ, त्यति समय कष्टकर हुन्छ ।

बेवास्ता गर्नु
जब एकजनाले पारिवारिक योजना बनाउँन थाल्छन्, तब अर्कोले बेवास्ता गरी कतिपनि साथ दिँदैन भने यस्तो सम्बन्धको कुनै अर्थ रहँदैन ।

प्रतिक्रिया दिनुहोस्