२२ जेठ, काठमाडौँ । काठमाडौँमा विश्व वातावरण दिवसमा वृक्षारोपण गरिएको छ । उक्त वृक्षारोपण सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा गरेको हो l
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, भूमिसुधार मन्त्री पद्मा अर्याल, खानेपानी मन्त्री विना मगर लगायतले बिरुवा रोप्नका साथै आगामी वर्षलाई वृक्षारोपण वर्षको रूपमा मनाउने घोषणा पनि गरेको छ।
प्रतिक्रिया दिनुहोस्