Logo

सुख,शान्ति र समृद्धिको लागि घरमा राख्ने गर्नुहोस् यी सामग्री



Spread the love

 

 

यदि तपाईँ सुख र शान्ति जीवन जिउन चाहनु हुन्छ भने राख्ने गर्नुहोस् घरमा यी चिजहरू जसले गर्दा तपाइको काममा कुनै प्रकारको अवरोध वा बाधाहरू आउने छैन l

कलश
कलशलाई सुख र समृद्धिको प्रतीक मानिन्छ । जसलाई घरमा राख्नाले राम्रो वातावरण मिल्ने गर्दछ l

शंख
शंखलाई लक्ष्मी माता रूपमा पनि चिनिने गर्छ । सो कारण जसको घरमा शंख हुन्छ, त्यहाँ लक्ष्मीको वास हुनका साथै स्वास्थ्यमा पनि लाभ मिल्ने गर्दछ l

दियो
सुन्दर वा कल्याणकारी, आरोग्य वा सम्पदा दिने दियो समृद्धिका साथै अग्नि र उज्यालोको प्रतीक हो । उक्त कारण हिन्दु अनुष्ठानमा दियोको उपस्थिति अनिवार्य हुने गर्दछ l

बाँसुरी
बाँसुरी घरमा राख्नाले परिवारका सदस्यबीच प्रेम रहिरहने र सुख– समृद्धि पनि रहिरहने हुन्छ । जसका कारण घरमा बाँसुरीलाई राख्नु उचित रहन्छ ।

माला
हामीले आफ्नो घरमा रुद्राक्ष, चन्दन, तुलसी को माला राख्नु उचित रहन्छ l जसले गर्दा सकारात्मक असर निम्त्याउँदछ l

मयुरको प्वाँख
सबै जना व्यक्तिको घरमा मयुरको प्वाँख राख्नु पर्दछ l किनकि घरमा मयुरको प्वाँख राखेमा त्यो घरमा कहिले पनि भूत – प्रेतले हानी–नोक्सानी नगर्ने सम्भावना हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्