Logo

फोहोर व्यवस्थापन केन्द्र निर्माण गरिने



Spread the love

२२ जेठ,तनहुँ– तनहुँको भानु नगरपालिकाले व्यवस्थित फोहोर सङ्कलन तथा व्यवस्थापन केन्द्र निर्माण गर्ने भएको छ ।

नगरभित्रबाट निस्कने फोहोरजन्य वस्तुको व्यवस्थापनका लागि नगरपालिकाको वडा नं १ बोटेखोरियामा व्यवस्थित फोहोर सङ्कलन व्यवस्थापन केन्द्र निर्माण गर्न लागिएको वडाध्यक्ष प्रेम लामाले जानकारी दिए ।

नगरपालिकाले रु दुई करोड ३४ लाखमा ३९ रोपनी जग्गा खरिद र करीब २० रोपनी सार्वजनिक जग्गा लिएर निर्माणका लागि प्रक्रिया अघि बढाएको वडाध्यक्ष लामाले जानकारी दिए । सो केन्द्रमा नकुहिने वस्तु मात्र सङ्कलन गरेर व्यवस्थापन गर्ने योजना बनाइएको छ । कुहिने वस्तुलाई घरमै व्यवस्थापन गर्ने गरी सचेतना जगाउने कामसमेत भएको छ ।

नगरपालिकाले अहिलेसम्म फोहोर सङ्कलन नगरे पनि अबका दिनमा सङ्कलन गरेर व्यवस्थित गर्न लागिएको नगरपालिकाका उपप्रमुख आशा थापाले बताइन् । नगरपालिकामा करीब ४९ हजार जनसङ्ख्या छ ।

प्रतिक्रिया दिनुहोस्