Logo

तनहुँमा मोटरसाइकलको ठक्करबाट १ बालिकाको मृत्यु



Spread the love

२१ जेठ, तनहुँ ।
तनहुँको म्याग्दे गाउँपालिका-१ तल्लो गुणादीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म्याग्दे-१ रानीगाँउ बस्ने ५ वर्षीया निशा आले मगर रहेकी छिन् ।
पोखराबाट डुम्रेतर्फ आउँदै गरेको प्रदेश ३-०२-००९ प२५२६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा निशा गम्भीर घाइते भएकी थिइन । उनको उपचारका लागि रत्नहरि मेमोरियल अस्पताल दमौली लागिएको तर उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पूर्णबहादुर अधिकारीले बताएको छ ।

साथै उक्त मोटरसाइकल र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्